सुनसरी ।
सुनसरीको धरान उपमहानगरपालिका –१४ पिण्डेश्वरिचौकस्थित एक घरबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय पारुहाङ राई रहेका छन् ।
शुक्रवार (आज) ईलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट धरानको प्रहरी टोलीले उनको घरकोठाबाट ट्रामाडोल –५८९० ट्याव्लेट र इस्पास्पेन– ५५९० ट्याव्लेट प्रतिबन्धित औषधी फेला परेको थियो ।
पक्राउ परेका राईको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।