मोरङ । 

मोरङको बेलबारी नगरपालिका–१ पुरानो बेलबारीका ऋषि साहको घरको वाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका–१ का ४५ बर्षीय असोक खवास रहेका छन् ।

शुक्रबार विहान (आज) घर भत्काउने क्रममा घरको पर्खालले किचेर गम्भिर घाईते भएका खवासको उपचारको लागि नोबेल अस्पताल बिराटनगर लादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

घटनाका विषयमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।