संखुवासभा ।
संखुवासभाको खाँदवारी नगरपालिका–१ बसपार्क स्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ ।
पौष २१ गते बस पार्क स्थित सडक किनारमा बेवारिसे अवस्थामा अवैध रुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा (९५२० पिस), कृषि बालीमा प्रयोग हुने औषधी( PBOG ४ कार्टुन ९११६ प्याकेट), KH2PO १५ प्याकेट, SILILONG २० बोतल रWATERPUMP लेखिएको मेसिन १ थानसहित फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी गस्ति टोलीले बसपार्क स्थित सडक किनारबाट उक्त अवैध औषधी तथा क्लिप अन्दाजी मूल्य ३ लाख ६३ हजार २ सय ५० रुपैंया बरावरको बरामद गरेको हो ।
बरामद गरिएका अवैध समानहरुलाई राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।