सुनसरी ।
सुनसरीको इटहरी उप–महानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा संखुवासभाको खाँदवारी नगरपालिका–७ का २६ बर्षीय सन्तोष राई र सोही स्थानका २० बर्षीय अभि राई रहेका छन ।
धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८१९६ नम्वरको बसले बिपरीत दिशा तर्फ जादै गरेको को. २७ प २१९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुबै जना घाईते भएका थिए ।
घाईते भएका मोटरसाईकल चालक संतोष राई र पछाडि सवार अभि राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो । ठक्कर दिने बस र चालक इटहरी–४ का टिकाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।