बिर्तामोड । 

झापा बिर्तामोड नगरपालिकाको राजश्व शाखाले बजार अनुगमनलाई तिब्रता दिएको छ । पौष ९ बाट सुरु गरेको अनुगमनमा नयाँ  दर्ता नवीकरण तथा दर्ता खारेजी लगायतका कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख पदमराज घिमिरेले बताए ।

बिर्तामोडका वडा नम्बर १, २,र ३ मा घुम्ती टोलीले ६ सय ६६ वटा ब्यससाय अनुगमन गरेको छ। जसमध्ये दुई सय २० वटा ब्यवसाय बिना दर्ता सञ्चालन भएका छन् भने २३ ब्यवसाय अनुगमनकै क्रममा दर्ता गरिएको प्रमुख घिमिरेले जानकारी दिए।

नगर प्रहरी शाखाका कर्मचारीको  टोलीले ३ लाख राजश्व समेत  संकलन भएको बताइएको छ।