धुलावारी। 

पत्रकारिता क्षेत्रमा बढ्दो आकर्षणसँगै उदियमान पत्रकारलाई लक्षित गरी झापाको धुलावारीमा पत्रकारिता पेशालाई पठनीय, श्रवणीय बनाउनका लागि अपनाउनु पर्ने तरिका बारे छलफल भएको छ ।

मेचीनगर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाको आयोजना सञ्चालित दुईदिने नेतृत्व विकास तथा अन्तरक्रिया कार्यक्रम अन्तरगत आज विषय वस्तुको छनौट, प्रस्तुतिकरण, भाषा शैलीको प्रयोग, शब्द चयन लगायतका प्राविधिक कुराले समाचारमा पार्ने प्रभावका बारेमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने प्रशिक्षण दिएका थिए । 

साथै कार्यक्रमको पहिलो दिन मेचीनगर क्षेत्रका जनप्रतिनिधिले उठाएका सार्वजनिक विषयबस्तु र पत्रकारले सञ्चारको माध्यमबाट सुधारका लागि गर्न सकिने सकारात्मक प्रयासका बारेमा छलफल भएको थियो ।

 नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले समाचार वाचन गर्दा ध्यान दिनुपर्ने कुरा, रेडियो म्यागेजिन, स्टेशन आइडी, पिएसए, सूचनाको पहुँच लगायतका विषयमा सहजीकरण गरेका थिए । ।