बिराटनगर ।
१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा संचालित प्राबिधिक प्रहरी जवान दोस्रो समुहको आधारभुत तालिममा सहभागी ४८ जना प्रहरी जवान दिक्षित भएका छन् ।
बिहिवार बिहान तालिम केन्द्रको खेल मैदानमा एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीको प्रमुख आतिथ्यमा दिक्षान्त समारोह सम्पन्न भएको हो ।
गत भाद्र २७ गतेदेखी संचालित प्राबिधिक प्रहरी जवान दोस्रो समुहको ९० कार्य दिनको आधारभुत तालिम पौष २२ गते सम्म संचालन भएको थियो । दिक्षान्त समारोहमा तालिम केन्द्रका प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई ९० कार्य दिनको तालिम अवधिमा प्रशिक्षार्थीहलाई नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, बिद्यामान कानुन र सूचना प्रबिधि लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराएका थिए ।
दिक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले प्रशिक्षार्थीलाई नेपालको संविधान बमोजिम सपथ ग्रहण गराउनुका साथै दिक्षित भई जाने प्रहरी जवानहले तालिम अवधीमा सिकेका ज्ञान र शिपको कार्य क्षेत्रमा अक्षरस पालना गरेमा नेपाल प्रहरीको चुनौतिको बिषय रहेको अपराध अनुसन्धानमा थप टेवा पुग्ने विश्वास ब्यक्त गरेका थिए ।