झापा ।
झापाको कचनकवल गाउँपालिका–५ बाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिकाको फुटागञ्ज क्षेत्रबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीको प्रहरी टोलीले कचनकवल गाउँपालिका–७ का २४ बर्षीय बिनोद बस्नेत र १८ बर्षीय निखिल रेग्मीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुका साथबाट ५ ग्राम ६० मिलिग्राम लागुऔषध ब्राउन सगुरसहित मंगलवार बेलुका ५ बजे पक्राउ गरिएको हो । लागू औषधसहित पक्राउ परेका दुबै जनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।