मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–११ मा रहेको एक माछा पोखरीमा डुबेर स्थानीय २८ बर्षिय सुजन कामतको मृत्यु भएको छ ।
पौष १५ गतेबाट घरदेखि हराईरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलवार बेलुका साँढे ६ बजे गाउँकै पोखरीमा मृत अवस्थामा शव फेला परेको हो ।
घटना बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।