भोजपुर । 

भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ हिमाङमा मंगलवार बेलुका भएको ट्याक्टर दुर्घटनमामा परी सोही ट्याक्टरका सह–चालकको मृत्यु भएको छ ।

भोजपुरबाट घोडेटार जाँदै गरेको प्रदेश १–०२–००३ त ९४० नम्बरको टयाक्टर आफै अनियन्त्रीत भई पल्टीदा ट्याक्टरका सह–चालक हतुवागढी गाउँपालिका–१ का रंजित सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।