गोलधाप ।
झापा हल्दिबारी गाउँपालिका वडा नं. १ ले वडा क्षेत्र भित्रका कृषकले पालेका गाई, भैंसी, बाख्रा, बंगुर, कुखुरामा लाग्ने माहामारी रोग खोरेत ,भ्यागुते, चरचरे, पीपीआर, स्वाइन फिवर जस्ता रोगहरू बिरूद्व निःशुल्क खोप लगाउन सुरु गरेको छ । वडा कार्यालयले सूचना पुस १९ गतेदेखि सर्वसधारणलाई पायक पर्ने स्थान, मिति र समय पशुलाई ल्याउन जानकारी गराएको थियो ।
जस अनुसार पुस महिनाको मसान्तसम्म खोप अभियान सञ्चालन हुने वडा नं.१ का पशु प्रबिधिक रमेश भट्टराईले बताए । उनका अनुसार २१ गते बुधबार बिहान ८ बजेदेखि ११ वजेसम्म साबिक गोलधाप गाबिस वडा नं.३को नुनथला माङ्हिममा र दिउसो २ बजेदेखि ४ बजेसम्म साबिक वडा न ३ को डिम्माखुट्टी चाम्लिङ चौकमा लगाईने कार्यक्रम तय भएको छ। भने २२ गते बिहान ८ बजेदेखि ११ बजेसम्म साबिक वडा नं.४ को जनजागृति माबि र दिउँसो २ बजेदेखि ४ बजेसम्म साबिक वडा नं. ४ को गणेश पराजुलीको घर छेउमा लगाईने छ।
त्यस्तैगरी २३ गते शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म साबिक वडा नं.५ को पिङ्ग डाडाँ दिउँसो २ बजेदेखि ४ बजेसम्म साबिक वडा नं.५ तावा चोकमा लगाईने छ। भने २४ गते शनिबार बिहान ७ देखि ११ बजेसम्म साबिक वडा नं. ६ को गरमकाली स्कुल छेउमा र दिउँसो २ बजेदेखि ४ बजेसम्म साबिक वडा नं.६को ईन्द्रणी चौकमा लगाउने कार्यक्रम तय भएको छ । त्यस्तै २५ गते बिहान ८ बजेदेखि ११ बजेसम्म साबिक वडा नं.७ को सहिद चौतारामा र दिउसो २ बजेदेखि ४ बजेसम्म साबिक वडा नं.७ को सूचना केन्द्रमा खोप लगाईने छ। २६ गते सोमबार बिहान ८ बजेदेखि ११ बजे साबिक वडा नं. ८ को अर्जुन राईको घर छेउमा र दिउँसो २ बजेदेखि ४ बजेसम्म साबिक वडा नं. को मानबहादुर कार्कीको घरछेउमा खोप लगाईने छ ।
साथै २७ गते मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म साबिक वडा नं. ९ को सामुदायिक सूचना केन्द्रमा र दिउँसो २ बजेदेखि ४ बजेसम्म साबिक वडा नं.९ को फाल्गुनन्द चौकमा खोप लगाइने कार्यक्रम तय भएको छ। साथै कृषि फर्म र कृषक समूहको सामुहिक फर्मलाई खोप लगाउन पहिलो प्राथमिकतामा दिईने छ।