बिराटनगर।
झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । झापाको, झापा गाउँपालिका–१ रसुनामा भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका–५ बाराका २२ बर्षिय गनिया अबदुल मियाको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ त ७६६७ नंम्बरको ट्याकटर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा सोही ट्याकटरको सह चालक मिया घाईते भएका थिए ।
दुर्घटनाका घाईतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी सुनसरीको धरान उप–महानगरपालिका–१५ मा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको छ ।
सोमवार राती साँढे ६ बजेको समयमा धरान–१५ को आरा लाईनमा रोकी राखेको ना ७ ख ११५८ नंम्बरको ट्रकमा वा ५८ प ८३२८ नंम्बरको मोटरसाईकल आफै ठोकिएर दुर्घटना हुँदा चालक भक्तपुर घर भई धरान –१५ बस्ने ४२ बर्षीय राजेश सिजापती घाईते भएका थिए । घाईतेलाई उपचारको लागि घोपा लगिएकोमा उपचारकोमा क्रममा राती नै मृत्यु भएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।