जलथल । 

झापा जिल्ला हल्दिबारी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका कृषकले पालेका गाई, भैंसी, बाख्रा, बंगुर, कुखुरामा लाग्ने माहामारी जन्यरोगहरू खोरेत ,भ्यागुते, चरचरे, पीपीआर, स्वाइन फिवर जस्ता रोगहरू बिरूद्व खोप लगाउने भएको छ । 

गाउँपालिकाले भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मार्फत प्राप्त खोपहरू ५ वटै वडा कार्यालयमा रहेका कृषि प्राबिधिकहरू मार्फत आज (सोमवार)देखि खोप लगाउने भएको हो । 

सो कार्यक्रम राष्ट्रिय अभियानका रूपमा शुरूवात भएकोले आ–आफ्नो वडा कार्यालयका पशु खोप कर्ताहरूसँग सम्पर्क गरी आफ्नो पशु पन्छिलाई खोप लगाउन तथा सुरक्षित गर्न पालिकाले सवैलाई आग्रह गरेको हल्दिवारी गाउँपालिका वडा नम्वर ३ का वडा सचिव राजन खतिवडाले जानकारी दिएका छन् । 

खोप लगाइने स्थान तय भइनसकेको बताउँदै वडा सचिव खतिवडाले स्थानको टुङ्गो लगाएर पुनः सवैमा जानकारी गराउने बताएका छन् ।