झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नं.६ स्थित बसपार्कबाट लागूऔषध खैरो हिरोईनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा नं.–५ का २६ बर्षिय लावनहाङ राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र ला.औ.नि.ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शंका लागेर चेकजाँच राईको साथबाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ ४४ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
राईलाई नियन्त्रणमा लिएर ईप्रका काँकडभिट्टामा राखेर अनुसन्धान भईरहेको साथै उनलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाईने प्रहरीले जानकारी दिएका छ ।