मोरङ । 

मोरङको बिराटनगर–१४ बाट प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरी उप–महानगरपालिका–९ का २२ बर्षिय निसान चौधरी र इटहरी–१२ का २८ बर्षिय दिवश तामाङ रहेका छन् ।

 सि.आर.भि. जतुवाको  प्रहरी टोलीले प्रदेश १–०२–०४६ प ११८७  नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटर साईकल पछाडि सवार रहेका निसान चौधरीले ज्याकेटको गोजीमा  लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोईन फेला परेको हो ।

खैरो हिरोईन फेला परेसँगै मोटर साईकल चालक दिवश तामाङसहित दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।