झापा ।
झापाको दमकबाट लागू औषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका वडा नं. ९ बाट भारत विहार राज्य किशनगञ्ज जिल्ला नबाबगञ्ज –५ लोहारपट्टी रोड घर भई हाल झापा दमक नपा. ४ मा डेरा गरी बस्ने वर्ष ३४ को मोहमद इस्ताकलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
शंका लागि चेकजाँच गर्ने क्रममा उनले लगाएको निलो रङगको जिन्स पेन्टको गोजीमा प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ २ ग्राम तथा नगद २ हजार ५ सय रुपैयाँ, इटेल कम्पनिको कालो रंगको सादा मोवाईल एउटासहित ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ भने झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईने प्रहरीले जनाएको छ ।