काठमाडौं । 

सरकारले तमु ल्होसारको अवसरमा बिहिबार सार्वजनिक बिदाको घोषणा गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदा घोषणा गरेको हो।

तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने गरी गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । गुरुङ समुदायले तमु ल्होसार मनाउँदै आएका छन् ।

यस अवसरमा राजधानीलगायत देशका विभिन्न भागमा गुरुङ समुदायले विविध कार्यक्रम आयोजना गर्ने गरेका छन् ।