सुरुङ्गा । 

 जामुनबारी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको २६ औं वार्षिक साधारणसभाका अजसरमा  तीनजना कर्मचारी सम्मानित भएका छन् भने चारजना कर्मचारीलाई विदाई गरिएको छ । 

साधारणसभाको अवसरमा उत्कृष्ट तीन कर्मचारीलाई सम्मानसहित अन्य चारजना कर्मचारीलाई ससम्मान बिदाई गरेको हो  । सम्मानित हुने कर्मचारीहरुमा बन हेरालु तर्फका सीता चौधरी, चन्द्रध्वज माझी र गोविन्द बस्नेत रहेका छन् । स

त्यस्तै लामो समयदेखि वन समूहको विभिन्न जिम्मेवारीमा रहेर कर्मचारीका रुपमा कार्यरत चारजना कर्मचारीलाई सामुदायिक वनको कर्मचारी कार्यविधि अनुसार उपदानसहित ससम्मान विदाई गरिएको संस्थाले जनाएको छ । विदाई हुने कर्मचारीहरुमा नृपसिंह कार्की, विष्णु गिरी, गंगा गिरी र कमल घिमिरे रहेका छन् । 

कार्यक्रममा छात्रवृत्ति पाउँने विद्यार्थीहरुमा सरस्वती माविबाट कक्षा ८ मा अध्ययनरत छात्रा रेखा विष्ट र कक्षा ५ मा अध्ययनरत छात्र रोहन श्रेष्ठ रहेका छन् भने पञ्चकन्या प्राविको कक्षा तीनमा अध्ययनरत छात्रा सीमा कुमाल रहेका छन् ।