सुनसरी ।
सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका–४ स्थित मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ–५ का १८ बर्षिय प्रवेज आलम र २१ बर्षिय सुरज भुजेल रहेका छन् ।
पव्लिक स्कुलको कोठाबाट कम्प्युटरको सिपियु थान ३,एलइडी थान ३, प्रोजेटर मिसिन थान १ र पानी तान्ने मोटर थान २ चोरी भएको थियो ।
चोरी भएको सुचना जिल्ला प्रहरी कार्यालय सुनसरीले पाउने बित्तिकै प्रहरी टोलीले अनुसन्धानको क्रममा उनीहरुको घर नजिकै रहेको परालको टालीमा लुकाएर राखेको अवस्थामा उक्त समानहरु बरामद गरिएको हो ।
दुवै जनाले राती २ बजे हयाक्सो ब्लेडले स्कुलको ढोकाको चाभी काटी उक्त समानहरु चोरी गरका थिए । बरामद भएको समानसहित चोरीमा समलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।