बिराटनगर ।
झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट मंगलवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झिलझीलेको प्रहरी टोलीले मंगलवार राती साँढे ६ बजेको समयमा शिवसताक्षी नगरपालिका–११ बाट ३ जनालाई नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा स्थानीय २१ बर्षिय सौरभ कडरिया, २२ बर्षिय निशान न्यौपाने र याशोक गाउँपालिका–२ पाँचथर घर भई सोही स्थानमा बस्दै आएका २८ बर्षीय प्रकाश खड्का रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद सात हजार बरामद गरेको छ ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका–६ बाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । मंगलवार राती ९ बजेको समयमा केशलिया मार्गको प्रहरी टोलीले धरान उप–महानगरपालिका–८ का ३८ बर्षिय अम्बरबहादुर गदाललाई लागुऔषध लुपिजेसिक ३२ एम्पुलसहित पक्राउ गरेको हो । लागू औषधसहित पक्राउ परेका चारै जनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरेहेको जनाएको छ ।