सुनसरी । 

सुनसरीको दुहवी नगरपालिका–३ बाट एक थान पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उप–महानगरपालिका–१२ खनारका ३४ बर्षीय काउ भनिने सुशिल शाह रहेका छन् ।

शाहले पेस्तोल लिएर हिडिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले राती साँढे १० बजे दुहवी–३ बाट शाहलाई पक्राउ गरेको हो । शाहको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र १ थान फिङगर पहुँच बरामद गरेको छ ।

हतियार सहित पक्राउ परेका शाहको बिषयमा  प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।