बिर्तामोड । 

रोटरी क्लव अफ विर्तामोड मिडटाउनको आठौं तथा रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको सातौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

   विर्तामोडस्थित आदर्श ब्याङ्क्वेट पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथि रिजनल रोटरी फाउण्डेशन कोअर्डिनेटर वासुदेव गोल्यानले  रोटरी क्लव अफ विर्तामोड मिडटाउनका सन् २०२१÷२०२२ का प्रेसिडेन्ट दिनेशकुमार पोखरेललाई रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण गराउनुका साथै पोखरेललाई  पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

   रोटरीको सिद्घान्त अनुसार रोटरी क्लव अफ विर्तामोड मिडटाउनका चार्टर प्रेसिडेण्ट सन्तोष अग्रवालले सन् २०२१÷२०२२ का प्रेसिडेन्ट पोखरेललाई  रोटरी क्लव अफ विर्तामोड मिडटाउनको चार्टर प्रमाण पत्र प्रदान गरेका थिए भने आइपीपी प्रशान्त भण्डारीले प्रेसिडेन्ट पोखरेललाई ग्यावल गन प्रदान गरेका थिए । 

रोटरी क्लव अफ विर्तामोड मिडटाउनका सन् २०२१÷२०२२ का प्रेसिडेन्ट पोखरेलले शपथ ग्रहणसहित पदभार ग्रहण गरे लगत्तै मिटिङको कल गरेका थिए ।

  त्यसैगरी रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको सन् २०२१÷२०२२ का प्रेसिडेन्ट निरज चौधरीलाई जोनल रोट्रयाक रिप्रेजेन्टेटीभ विवेक श्रेष्ठले रोटरीको कलर पहिर्याएका थिए भने डिस्ट्रीक इन्ट्रयाक्ट कोअर्डिनेटर सन्नी गोयलले  पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । 

  रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनका चार्टर प्रेसिडेण्ट शरद जोशीले सन् २०२१÷२०२२ का प्रेसिडेन्ट चौधरीलाई   रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको च्याप्टरको प्रमाण पत्र प्रदान गरेका थिए भने आइपीपी प्रकृति न्यौपानेले प्रेसिडेन्ट चौधरीलाई ग्यावल गन प्रदान गरेकी थिइन् ।  रोटरी क्लव अफ विर्तामोड मिडटाउनका प्रेसिटेण्ट इलेक्ट सुमन शर्मा जमरकट्टेलले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा रोटरियन रोषन बुढाथोकीले टोस्ट प्रोेपोजल प्रस्तुत गरेका थिए ।