बिर्तामोड ।

पत्रकार तुलसीप्रसाद निरौला बिर्तामोडमा सम्मानित भएका छन् ।   रोटरी क्लव अफ विर्तामोड मिडटाउनको आठौं तथा रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको सातौं पद हस्तान्तरण कार्यक्रममा पत्रकारिताको माध्यमद्वारा रोटरीले गरेका कार्यक्रमहरुलाई जनमानसमा पुर्याएको भन्दै पत्रकार निरौलालाई सम्मान गरिएको हो । 

  रोटरी क्लव अफ विर्तामोड मिडटाउनका मिडिया पर्सन समेत रहेका पत्रकार निरौलालाई कार्यक्रमका प्रमुख अतिथि रिजनल रोटरी फाउण्डेशन कोअर्डिनेटर वासुदेव गोल्यानले कदर पत्र प्रदान गरेका थिए भने रोटरी क्लब अफ विर्तामोड मिडटाउनका आइपीपी प्रशान्त भण्डारीले उपहार प्रदान गरेका थिए ।  

सोही कार्यक्रममा रोटरी क्लब अफ विर्तामोड मिडटाउनका आइपीपी प्रशान्त भण्डारीले आफ्नो कार्यकालमा सहयोग गर्ने एक्सेल डेभलपमेन्ट वैंक, मनमोहन सामुदायिक हस्पिटल, सहारा नेपाल, हिमालय डिस्टीलरी, बिर्तामोड आई हस्पिटल, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा , जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड, लाइफ मिडिया रिसर्च सेन्टरका प्रतिनिधी तथा प्रमुखलाई कदर पत्रद्वारा सम्मान गरेका थिए । 

त्यस्तै आफ्नो कार्यकालमा सहयोग गर्ने  क्याप्टेन मुक्सहाङ याक्थुम्वा, रोटरियनहरु शिवकुमार अग्रवाल, शुभकुमाई पाठक, सुमन शर्मा जमरकट्टेल, शरद जोशी, रोषन वुढाथोकी, रेनु वंशल , प्रकृति न्यौपाने, दिनेश खतिवडा र इन्ट्रयाक्ट अंकिता भट्टलाई कदर पत्रद्वारा सम्मान गरेका थिए । 

त्यस्तै रोटरी क्लव अफ विर्तामोड मिडटाउनका सन् २०२१÷२०२२ का प्रेसिडेन्ट दिनेशकुमार पोखरेलले कोभिड हिरोको रुपमा रोटरियन शेरबहादुर थापा, सरसफाई हिरोको रुपमा विष्णु आचार्य, मेरा पिकको सफल आरोहण गर्ने रोटरियन शरद जोशी , मिस ग्राण्ड नेपालकी विजेता वविता आचार्य र हामीलाई पनि जाडो लाग्छ र शुद्ध पानि तिम्रो लागी नानीका सहयोगी दिनेश खतिवडालाई कदर पत्रद्वारा सम्मान गरेका थिए । 

त्यस्तै  रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनकी आइपीपी प्रकृति न्यौपानेले रोट्रयाक्टर अफ द इयरको रुपमा रोट्रयाक्टर भिष्म घिमिरे र उत्कृष्ट रोट्रयाक्टर अनुजा अग्रवाललाई कदर पत्रद्वारा सम्मान गरेकी थिइन् ।