झापा । 

झापाको झापा गाउँपालिका–४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरले किचेर चालकको मृत्यू भएको छ । मे.१ त ४७०९ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टिदा दुर्घटना दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक झापा गाउँपालिका–४ का २२ बर्षिय सुनिल हेमरनलाई ट्रयाक्टरको इन्जिनले किच्दा उनको घटनास्थमै मृत्यू भएको हो ।

मृतकको शव पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान तथा कानूनी प्रकृया भईरहको प्रहरीले जनाएको छ ।