बिर्तामोड ।
नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले अक्षयकोष स्थापना गर्न अभियान सुरु गरेको छ । समितिको मंगलबार (आज) बिर्तामोडमा बसेको नवनिर्वाचित कार्य समितिको वैठकले अक्षयकोषसहित विभिन्न निर्णयहरु गरेको हो । अक्षयकोष स्थापनाका लागि समितिका कोषाध्यक्ष खड्गराज गिरीले २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
अक्षयकोष स्थापनाका लागि यसअघि नरनाथ गिरीले ५० हजार, पदमबहादुर पुरी (प्रकाश) ले २६ हजार, बालकृष्ण गिरीले २५ हजार, सन्तोष गिरीले २५ हजार, शंकर गिरीले २५ हजार, सारदा र चन्द्रप्रसाद गिरीले २५ हजार र गोविन्द गिरीले ११ हजार १ सय ११ रुपैयाँ दिने घोषणा गरेका छन् ।
नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा बसेको वैठकमा नगर सल्लाहकार उमेश भारतीको प्रमुख आतिथ्य रहेको थियो ।
त्यसैगरी पुस १७ गते हुने ७ औ झापा जिल्ला अधिवेशनलाई साथ र सहयोग गर्ने, समाजको भवन बुट्टावारीमा नगरको कार्यालय स्थापना गर्ने प्रस्ताव पेश गर्ने, पदाधिकारीबाट लेबी लिने, विना जानकारी तीन पटकसम्म वैठकमा उपस्थिति नहुने सदस्य सोतह निश्काशन हुने, अक्षयकोषका लागि रकम घोषणा गर्ने व्यक्तिसँग रकम संकलन गर्ने, नगरभित्र रहेका सिकिस्त विरामीहरुलाई भेटेर उनीहरुको अवस्था बुझ्नेलगायतका निर्णय गरिएको छ ।