सुनसरी ।
सुनसरीको कोशी गाउँपालिका–१ बाट पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका–१ स्थित बिएस होटलबाट भारत बिहार अररिया, बासमटियाका ३५ बर्षिय बिधानन्द राम र २४ बर्षिय हासिम अंसारीलाई २ थान पेस्तोलसहित पक्राउ गरेको हो ।
होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खोज तलास गर्दा उनीहरुले ओछ्यानमा लुकाई राखेको अवस्थामा पेस्तोल २ थान, म्याग्जिन ४ थान, ठ।टछ mm को गोली ३ राउण्ड बरामद गरिएको हो ।
उनीहरुको मोबाइल १ थान, द्यच्छण् प् ण्ज्ञद्धढ नम्वरको मोटरसाईकल र भारतिय २ हजार रुपैया समेत बरामद भएको छ । पेस्तोल सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको प्रहरीले छ ।