जनकपुर ।

 सिरहामा केही दिनदेखि  आमहडताल र चक्काजाम हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित बन्द हड्ताललाई निरन्तरता दिएपछि प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिनसम्म निषेधाज्ञा आदेश जारी गरिएको हो ।

पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि.के.राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनलले जनाएको छ । 

तस्वीर गुगलबाट