बिराटनगर ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो पेशा प्रति गौरवान्वित हुन जरुरी रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै महानिरीक्षक क्षेत्रीले उक्त कुरा बताएका हुन् । प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौबाट आएका महानिरीक्षक थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गरेका थिए ।
उनले प्रहरी सेवा लिन आएका केही सेवाग्राहीहरुसँग समेत अन्तरक्रिया गरेका थिए । उनले प्रहरी कर्मचारीहरुको आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्दै नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसँग समन्वय गरी नागरिकलाई छिटो छरितो तथा पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा लाग्न निर्देशन दिएका छन् ।
उनले कुनैपनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरुसंग सिष्ट व्यवहार गर्न समेत निर्देशन दिए । उनले भोभिड १९ को प्रभाव पुन दोहोरीन सक्नेतर्फ बिशेष ध्यान दिँदै उक्त महामारीको रोकथाम तथा नियन्त्रणको लागि बिशेष ध्यान दिएर प्रहरी परिचालन गर्न समेत निर्देशन दिए ।
उनले प्रहरी महानिरीक्षक क्षेत्रीले जिल्ला सुरक्षा समितिका पदाधीकारीहरुसँग जिल्लाको समग्र सुरक्षा ब्यबस्था र हालको अवस्थाको बारेमा छलफल तथा अन्तरक्रिया समेत गरेका थिए ।