झापा ।
झापाको बिर्तामोड नगरपालिका–१ पूर्व शान्ति टोलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
उक्त स्थानबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी अनारमनीको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का २१ बर्षीय अबि शेखलाई २ ग्राम ४७० मिलिग्राम लागू औषधसहित आईतवार बेलुका ७ बजे पक्राउ गरेको हो ।
पक्राउ परेका शेखको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।