मोरङ । 

मोरङको बिराटनगर महानगरपालिका–३ कंचनबारी स्थितमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २१ बर्षिय पारस कालिकोटे रहेका छन् ।

आईतवार राती साढे ९ बजे एटिएम मेसिन तोड फोड भईरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सिआरभि पोष्ट भट्टाचोकको प्रहरी टोली परिचालन भई तोड फोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।