झापा । 

झापाको मेचीनगर नगरपालिका–६ मेची पुल छेउबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने  सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले दमक–५ का ३६ बर्षीय राजु बिकलाई ८ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित आइतवार पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका बिकको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।