झापा । 

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, प्रदेश नम्बर १ को अध्यक्षमा अनिल ढुङ्गाना चयन भएका छन् । शनिबार विराटनगरमा भएको प्रथम अधिवेशनबाट ढुङ्गाना दोस्रो कार्यकालका अध्यक्षमा चयन भएका हुन् । 

समितिको उपाध्यक्षमा खगेन्द्र वाँंस्तोला, श्याम पोखरेल, सचिवमा नरोत्तम श्रेष्ठ, सह–सचिवमा हितेष दाहाल र कोषाध्यक्षमा दिपक शिवाकोटी चयन भएका छन् । त्यस्तै सदस्यमा नविन सापकोटा, शिवा अग्रवाल, रोशन चाम्लिङ, राजकुमार कट्टेल, उद्धव तिम्सिना, केदार पाठक, चन्द्रप्रसाद भट्टराईलगायत चयन भएका छन् । 

‘दुव्र्यसनमुक्त, शाकाहारी र सभ्य समाज, एकता, समन्वय र सहकार्य युवाहरु माझ’ भन्ने सामाजिक सन्देशमूलक नाराका साथ शुरु भएको अधिवेशनको समद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले गरेका थिए । उद्घाटन समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री राई, श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय अध्यक्ष जगदीश शर्मा, शाहाकारी अभियानकर्मी मात्रिका प्याकुरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । 

नवनिर्वाचित ढुङ्गानाले प्रणामी समुदायका सम्पूर्ण युवालाई सामाजिक सेवा कार्य तथा शाकाहारी अभियानमा परिचालन गरिने बताए ।