सुनसरी ।
सुनसरीको बर्जु गाउँपालिका–२ सडक खण्डमा मोटरसाईकल र साईकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–६ का २२ बर्षिय रंजित चौधरी रहेका छन् ।
को. २१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु–१ का ४५ बर्षिय चमरु ऋषिदेवलाई ठक्कर दिंदा दुबै जना घाईते भएकर नोवेल अस्पताल बिरानगरमा उपचार भईरहेको थियो ।
उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको मृत्यु भएको हो । घटनाका बिषयमा इलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।