झापा । 

झापाको दमक नगरपालिका–१ स्थित रतुवा खोलाको बगरबाट गाँजा सहित एक जना पुरुषलाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका–६ का ४६ बर्षिय बीरकुमार राई रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दको प्रहरी  टोलीले खोला बगरमा संकास्पद अवस्थामा हिडिरहेका राईलाई खानतलासी लिंदा निजले पछाडि बोकेको झोला र हातमा झुन्ड्याएको जेव्रा झोलामा ८ किलोग्राम १ सय ६० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको हो ।

गाँजासहित पक्राउ परेका  राईको  इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको छ । झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।