बिर्तामोड ।


इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमस वडादिनको अवसरमा प्रार्थना भवन मण्डलीमा आयोजित कार्यक्रममा त्रीएक ९ पिता पुत्र परमेश्वर० दीप प्रज्जवलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।प्रार्थना भवन मण्डलीका पास्टर गंगाबहादुर आलेमगरलगायतले त्रीएक दीप प्रज्जवलन गरेका थिए ।

कार्यक्रममा प्राथना भवन मण्डलीका पास्टर गंगाबहादुर आलेमगरले यशु परमेश्वरको जन्मदिनको बारेमा आध्यात्मिक प्रवचन,दिएका थिए भने वालसंगति, जवान संगतीबाट मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।

आरधाना, नृत्य, गायन लगायतका कार्यक्रमसंगै एकअर्काप्रति सद्भाव साट्दै केक काटेर येशुको जन्मोत्सव मनाइएको पास्टर आलेमगरले बताए । त्यस्तै शुभकामना , आशिष संगै समापन गरिएको कार्यक्रमको सञ्चालन डिकन केशव मैनालीले गरेका थिए ।

वि.स. २०३७सालमा स्थापना भएको मण्डलीमा  ४२ घरपरिवार र ८० वढि सदस्य रहेको पास्टर आलेमगरले जानकारी दिए ।