बिर्तामोड । 

नेपाल पत्रकार महासंघ झापाले ‘अवको पत्रकारिता र हाम्रो भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।  महासंघ झापाको ३३ औं स्थापना दिवसका अवसर पारेर शुक्रबार बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । 

महासंघ झापा शाखाका अध्यक्ष एकराज  गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्षहरु, अग्रज पत्रकार, विभिन्न झापाका पत्रकारका संघ/संगठनका अध्यक्ष, प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

महासंघले ३३ औं स्थापना दिवस को ३३ वटै मैनबत्ति बालेर उद्घाटन गरेको थियो । स्वागत महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

कार्यक्रममा अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रि, केशव आचार्य, चिन्तामणि दाहाल, कृष्ण हुमागाई, मोहनकाजी न्यौपाने, लीला बराललगायतले झापाको पत्रकारिताको स्थापना र आजको पत्रकारिताका चुनौति, अवसर र महासंघले गर्नुपर्ने कार्यका विषयमा सुझावसमेत दिएका थिए । 

कार्यक्रममा अग्रज पत्रकार गोपाल गिरी, लक्ष्मण ढकाल, गञ्जबहादुर दाहाललगायत जिल्लाका विभिन्न संघ/संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।