सुनसरी ।
सुनसरीको इटहरी उप–महानगरपालिका–४ स्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उप–महानगरपालिका–४ कि ६५ बर्षिया देबी खडका रहेकी छिन्।
आज (शुक्रवार)बिहान ११ बजे धरान तर्फ जाँदै गरेको प्रदेश १–०२– ००१ ख ८६५२ नम्वरको ट्रकले पैदल यात्री खड्कालाई ठक्कर दिएको थियो । घाईते खडकाको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।
ट्रक र चालक तेह्रथुम जिरीखिम्ति–६ का पेम्वा शेर्पालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्हरीले जनाएको छ ।