झापा ।
झापाको कमल गाउँपालिका–५ स्थित पुर्व पश्चिम राजमार्गमा बस र मोटरसाईकल एकआपसमा ठक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ भने पछाडि सवार घाईते भएका छन् । मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का २२ बर्षिय अभिषेक यादव रहेका छन् ।
पूर्वतर्फ जाँदै गरेको को.१ क नम्वरको बसले बिपरित दिशाबाट आउदै गरको प्र.१–०२–०४८ प ३०८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्करमा घाईते भएका यादव र सोही स्थानका २५ बर्षिय रामकुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार भईरहेकोमा यादवको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका–२ का सोमबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको प्रहरीले छ ।