जलथल ।
झापाको हल्दीवारी गाउँपालिका वडा नं ५ ले गाउँपालिकाबाट पारित वडाको योजना अन्तरगत किसानहरूको लागि ५० प्रतिशत अनुदानमा सिंचाईका लागि वोरिङ्ग गरी मोटर जडान गर्ने कार्यक्रम ल्याएको छ। वडाको एक लाख रुपैयाँको बजेटको कार्यक्रमले साना बजेट भएका गरिब कृषकहरूको लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो।
कार्यक्रमका लागि कृषकहरूले वोरिङ्ग गरि १.५ एचपी मोटर जडानका लागि लागत योजना बमोजिम सम्झौता गरी काम सम्पन्न गर्नुपर्ने छ । कार्यक्रममा सहभागी हुन जम्मा ८ कृषकहरूले निबेदन दिएका थिए। त्यसमध्येबाट वडा समितिको निर्णयले ४ जना कृषकहरू छनोट भएको र हाल सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको वडा सचिव तथा सूचना अधिकारी भजन संग्रौलाले वताए ।
सबैलाई जम्मा लागतको ५० प्रतिशत रकम अर्थात २५ हजार रुपैयाँका दरले सिंचाइको वोरिङ् गरी मोटर जडानको काम सकिएपछि दिइने संग्रौलाले बताए । उक्त कार्यक्रमले हल्दिबारी ५ को सिचाइको असुबिधामा केही मात्रामा भएपनि राहात मिल्ने उनले बताए।