भद्रपुर ।
झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर–३ ले सीप सिकेर ब्यवसायिक तथा आत्मनिर्भर बन्ने महिलालाई ४५ दिने निःशुल्क सुरु भएको छ ।
वडा नं.३ को वडा कार्यालय भवनमा बुधबार (आज) सिलाई कटाई तालिमको उद्घाटन भएको हो । प्रमुख अतिथि तथा वडा नं.३ की वडा अध्यक्ष रोषन शिवाकोटीले तालिमको उद्घाटन गरेकी हुन्।
वडा सदस्य मातृका पौडेल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य नेत्रबहादुर गिरी, तालिमकी प्रशिक्षिका लक्ष्मी शिवाकोटीलगायत स्थानीय तथा, प्रशिक्षार्थीको उपस्थिति रहेको थियो।
भोली विहान १० बजेदेखि दैनिक तालिम सञ्चालन हुने जनाइएको छ। तालिम अवधि ४५ दिनको हुने बताएको छ । वडा कार्यालयको आर्थिक बर्ष २०७८/०७९ को योजना तथा कार्यक्रम अन्तरगत वडा भित्रका ईच्छुक महिलालाई निःशुल्क सिलाई कटाई तालिम दिएको हो ।
तालिमका लागि योग्य महिला १७ जनाले वडा कार्यालयमा निबेदन दिएको वडा सचिब तथा सूचना अधिकारी राजन खतिवडाले बताए । उनका अनुसार निबेदन दिएका सबैलाई तालिम दिन लागिएको छ । वडाको बजेट एकलाख रुपैयाँले तालिम सञ्चालन गरिएको कार्यक्रमका सञ्चालक तथा वडा सचिव खतिवडाले बताए ।