बिर्तामोड । 

झापाको हल्दीवारी गाउँपालिका वडा नं ५ ले गाउँपालिकाबाट पारित वडाको योजना अन्तरगत साना बाख्रा पालक किसानहरूको लागि ५० प्रतिशत  अनुदानमा खोर सुधार कार्यक्रम  सञ्चालन गरेको  छ।

वडाको एक लाख पचास हजार रुपैयाँको बजेटको कार्यक्रमले साना बजेट भएका गरिब कृषकहरूको लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो।  कार्यक्रमका लागि कृषकहरूले तीन माउ भन्दा माथि बाख्रा पालेको हुनुपर्ने हुन्छ । साथै लागत स्टमेट बमोजिम सम्झौता गरी खोर सुधार गर्नुपर्ने छ। 

सो कार्यक्रममा सहभागी हुनेका लागि वडाले सार्वजनिक सूचना जारी गरेको छ । त्यसमध्येबाट वडा समितिको निर्णयले १५ जना कृषकहरू छनोट भएको र हाल सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको वडा सचिव तथा सूचना अधिकारी भजन संग्रौलाले वताए । 

उनले  निबेदनको अबधि भरमा जम्मा १८ ओटा निबेदन परेको बताए ।  जसमध्ये १५ जना छनोट गरिएको छ । सबैलाई २० हजार रुपैयाँका दरले खोर सुधारका लागि वडाले सोच बनाएको उनले बताए ।  जसमा  दस हजार रुपैयाँ काम सकिएपछि  दिइने संग्रौलाले बताए ।