बिराटनगर । 

बैकिङ कसुर मुद्धाका फरार धरान–१३ का ३८ बर्षिय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगरको मिति २०७६।०१।१६ गतेको सजाय निर्धारण फैसला आदेशले  १ बर्ष ६ महिना कैद र  ४ लाख ५० हजार ७ सय ६६रुपैयाँ ६६ पैसा  जरिवाना भएता पनि हाल सम्म फरार रहदै आएका थापालाई १ नं प्रदेश प्रहरी कार्यालयको प्रहरी टोलीले आज (बुधवार) बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई  सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा अदालतबाट कैद भुक्तानको लागि आजै कारागार चलान गरेको प्रहरीले वजनाएको छ ।