बिर्तामोड । 

झापाका लागि आधिकारिक विक्रेता हलेसी अटोमोवाइल्सले स्कोडा ब्राण्डको गाडी बिर्तामोडमा पनि सार्वजनिक गरेको छ । तिन महिना अघि देखि अनौपचारकि रुपमा बिक्री वितरण गर्दै आएको अटोमोवाइल्सले आधिकारिक रुपमा आज (बुधबार) बाट बिक्री वितरण सुरु गरेको हो ।

बिर्तामोड नगरपालिकाकी उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी पवित्रा महतरा प्रसाईंले हलेसी अटोमोवाइल्सको बिर्तामोड सोरुमको उद्घाटन गरेकी हुन् ।

अटोमोइल्सका संचालक रुद्रमणी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रलाई स्वागत संचालक चुडामणी पौडेलले गरेका थिए । सोही कार्यक्रममा दुईजना गाडी खरिदकर्तालाई चाबी हस्तान्तरण गरिएको थियो । संचालक पौडेलले आजका मितिसम्म उक्त सोरुमबाट स्कोडाका ३४ वटा गाडी बिक्री गरिसकेकोे बताए ।

कार्यक्रममा एमडव्लु स्कोडाका डिभिजन कार्यकारी निर्देशक रोनक अग्रवालले गाडी र कम्पनीको विषयमा जानकारी दिएका थिए । उनका अनुसार सन् १९९५ देखि युरोपमा साईकल कम्पनीबाट स्थापना भएको कम्पनीले नेपालमा सन् २००८ बाट गाडी बिक्री गर्न सुरु गरेको हो । स्कोडा गाडी सुरक्षा र सुविधाको हिसावले उत्कृष्ट रहेको अग्रवालले दावी गरेका छन् ।

नेपालका लागि आधिकारिक विक्रेता स्कोडा एमएडब्लु ईन्टरप्राईजेज स्कोडाको विभिन्न मोडलका  कोरियन कम्पनीको स्कोडा गाडी भित्राएको हो ।

स्कोडा गाडीको न्युनतम मूल्य ३६ लाख ९० हजारदेखि अधितम् १ करोड ७० लाख रुपैयाँ रहेको संचालक पौडेलले बताए ।

स्कोडाकोे पोखरा, नारायणघाट, विराटनगर, विरगंज, बुटवल, जनकपुर, धनगढी र काठमाडौंसहित बिर्तामोडबाट सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।