झापा ।
झापाको बिर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी–१० का ४० बर्षिय यामनाथ राय रहेका छन् ।
बिर्तामोड–१ स्थित पुर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते भएका रायको बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर–३ का रोशन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।