मोरङ । 

मोरङको  रंगेली नगरपालिका–२ का चन्द्र उराउको २१  महिना कि छोरी युनिसा उराउलाई कर्तब्य गरि ज्यान मार्ने कसुरमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा  रंगेली  नगरपालिका–२ का  ४६ बर्षिय  सैनी उराउ र ३५ बर्षिया संगिता उराउ रहेका छन् । 

गत मंसिर २६ गते युनिसा उराउ घरबाटै हराई बेपत्ता भएकि थिइन् ।  खोज तलासको  क्रममा ईलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले युनिसाको सव घर नजिकै पैनीमा गाडेको अवस्थामा मंसिर २८ गते फेला परेको थियो ।

 पक्राउ परेका दुवै जनालाई मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।