संखुवासभा ।
संखुवासभाको मकालु गाउँपालिका–३ बाट अवैध जडीबुटी जन्य वनस्पति बोकेको ट्रयाक्टरसहित प्रहरीले पक्राउ गरेको छ । मकालु–३ स्थित कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय हेदङनाको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा च्यामताङबाट ना.७ त ५६२१ नम्वरको ट्रयाक्टरको डालामा त्रिपालले छोपी सदरमुकाम तर्फ लादै गरेको अवस्थामा धुपी १४८.८३८ किलोग्राम, पाखनवेद ७१ किलोग्राम सहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको अवैध वनस्पति, ट्रयाक्टर र चालक संखुवासभा खाँदवारी नगरपालिका–३ का २३ बर्षिय अनिल दर्जी समेतलाई थप अनुसन्धान प्रक्रियाको लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।