मोरङ ।

मोरङको मिक्लाजुङ गाउँपालिका –६ बाट नियन्त्रित लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीको प्रहरी टोलीले मिक्लाजुङ–६ का २६ बर्षिय बिक्रम लावतीको घर कोठामा खोजतलास गर्दा  १५ ग्राम ५० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर फेला परेको हो ।

 पक्राउ परेका लावतीलाई नापतौल गर्ने यन्त्र १ थान, को.३२प ७६०२ नम्वरको मोटरसाईकल १ थान, मोवाइल १ थान, नगद ५ हजार २५ रुपैयाँसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय उर्लावारीले  थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।