बिर्तामोड ।
झापा हल्दीवारी गाउँपालिकाले वडा नं ५ ले गाउँपालिकाबाट पारित वडाको योजना अन्तरगत साना बंगुर पालक किसानहरूको लागि ५० प्रतिशत लागत अनुदानमा खोर सुधार कार्यक्रम सञ्चालन गरेको छ।
वडाको तीन लाख पचास हजार रुपैयाँको बजेटले कार्यक्रमले साना बजेट भएका गरिब कृषकहरूको लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो। उक्त कार्यक्रमका लागि कृषकहरूले तीन माउ भन्दा माथि बंगुर पालेको हुनुपर्ने हुन्छ । साथै लागत स्टमेट बमोजिम सम्झौता गरी खोर सुधार गर्नुपर्ने छ।
कार्यक्रममा सहभागी हुन सार्वजनिक सूचना जारी गरिएको र त्यसमध्येबाट वडा समितिको निर्णयले ३५जना कृषकहरू छनोट भएको र हाल सम्झौता गर्ने काम भईरहेको वडा सचिव तथा सूचना अधिकारी भजन संग्रौलाले वताए ।
उनले निबेदनको अबधि भरमा जम्मा ४०ओटा निबेदन परेको बताए । जसमध्ये ३५जना छनोट गरिएको छ सबैलाई बीसहजार रुवपैयाँका दरले खोर सुधारको स्टिमेट गरिएको छ । जसमा दस हजार रुपैयाँ काम सकिएपछि दिइने संग्रौलाले बताए ।


















