लक्ष्मीपुर । 

झापा अर्जुनधारा नगरपालिका वडा नं. ५ विहीवारे बजारस्थित दुर्गा पाञ्चायतन मन्दिरमा पुस ६ देखि १३ गतेसम्म श्रीमद् नारद महापुराण आयोजना हुने भएको छ । 

मन्दिरको १७ औं बार्षिकोत्सवको अवसरमा साप्ताहिक पुराणको १७ औ अनुष्ठान आयोजना हुन लागेको हो । १८ औं अनुष्ठानसम्म आयोजना गरिने गरी सुरु गरिएको पुराणमा आकर्षक झाँकी समेत प्रस्तुत गरिने पुराण मुल आयोजक समितिका संयोजक डम्बर घिमिरेलाई जानकारी दिए । 

पुराण सम्पन्न गर्न विभिन्न उप समितिसमेत गठन गरेको मन्दिरका अध्यक्ष छविलाल लम्सालले बताए । 

पुराण सम्पर्क गर्न सम्पर्क समन्वय उपसमितिको संयोजकमा छबिलाल लम्साल, प्रचारप्रसार उप समितिको संयोजकमा पुष्प भट्टराई, मण्डप निर्माण उपसमितिको संयोजकमा देवीचरण गिरी, कोष ब्यवस्थापन उप समितिको संयोजकमा अर्जुन रेग्मी, प्रसाद ब्यवस्थापन उपसमितिको संयोजकमा इन्द्र थापा, पण्डित व्यवस्थापन उपसमितिको संयोजकमा बिन्दा रेग्मी र स्वयम सेवक ब्यस्थापन उपसमितिको संयोजकमा प्यारजंग दाहाल रहेका छन् ।

मन्दिरमा टायल र ग्रील लगाउने उदेश्यले पुराणको आयोजना गरिएको मन्दिर अध्यक्ष लम्सालले बताए । 

पुराणमा कथा वाचक पण्डित पुरुषोत्तम गजुरेल तथा उपवाचक लक्ष्मीप्रसाद पोखरेल रहने प्रचारप्रसार उपसमितिका संयोजक पुष्प भट्टराईले बताए । पुराणको उद्घाटन भोली (मंगलबार) कलशयात्रासहित नगर परिक्रममा गरेर गरिने जनाइएको छ । पुराणका लागि सम्पूर्ण तयारी पूरा भएको संयोजक घिमिरेले जानकारी दिएका छन् ।