सुनसरी ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बाट नियन्त्रित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका –२ का ३८ बर्षिय कालुबहादुर राई रहेका छन् ।
बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले राईको साथबाट डाइजेपाम ३१ एम्पुल, लुपिजेसिक, एम्पुल ३० एम्पुल, फेनारगन ३३ एम्पुलसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय चतराबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।